Search Jean Hailes
-

Vulval and vaginal health (Nepali) – योनिमुख (भग) र योनिको स्वास्थ्य

योनिमुख (भग) र योनिको स्वास्थ्य
Print / PDF

आफ्नो योनिमुख र योनि (स्त्री गुप्तांग) को हेरचाह गर्नु महत्त्वपूर्ण हुन्छ। यस भागलाई असर गर्ने धेरै तत्वहरू साधारण हुन्छन् र उपचार गर्न सजिला छन्। तर यदि तपाईं यसबारे चिन्तित हुनुहुन्छ भने तपाईंको डाक्टरसँग कुरा गर्नु महत्त्वपूर्ण हुन्छ।

तपाईंको योनिमुख (भग) र योनीमा के फरक छ?

कतिपय मानिसहरूले योनिमुख र योनी एउटै कुरा ठान्छन् – तर यी फरक हुन्छन्। तपाईंको योनिमुख स्त्री जननांगको बाहिरी भाग हो जुन तपाईंले देख्न सक्नुहुन्छ। यसमा निम्न समावेश छन्:

  • गुप्तांगको रौंले ढाकिएको क्षेत्र
  • गुप्तांगको रौंले ढाकिएको बाहिरी ओष्ठ (labia majora)
  • गुप्तांगको रौंले नढाकिएको भित्री ओष्ठ (labia minora)
  • भगांकुर (clitoris) र यसको आवरण
  • मूत्रद्वार (जहाँबाट पिसाब निस्किन्छ)
  • योनिद्वार।

तपाईंको योनि तपाईंको शरीर भित्र हुन्छ। यो तपाईंको योनिमुखदेखि गर्भाशयको मुखसम्म फैलिएको हुन्छ। तपाईंको योनि त्यहाँ छ जहाँ पाठेघरबाट तपाईंको महिनावारी हुँदा रगत बग्छ, जहाँबाट लिङ्ग ग्रहण गरिन्छ (जस्तै यौन सम्पर्क) र जहाँबाट बच्चाहरू जन्मन्छन्।

योनिमुख (भग) र योनिको रेखाचित्र

Diagram of the vulva with Nepali labels
योनिमुखको विभिन्न भागहरु देखाउने तस्वीर।

यस भागलाई के ले असर गर्न सक्छ?

चिडचिडाहट

तपाईंको योनिमुखको छाला निकै कमलो हुन्छ, त्यसैले धेरै चीजहरूले चिडचिडाहट पैदा गर्न सक्छन्।

योनिमुखको चिडचिडाहट असहज हुन सक्छ। लक्षणहरूमा निम्न समावेश हुन सक्छन्:

  • पोल्ने वा चिलाउने
  • छालामा केही हिडे जस्तो अनुभव हुने
  • रातो हुने वा सुनिन्ने
  • छाला फुट्ने वा चिरीने
  • छाला सेतो हुने
  • पीडादायी यौन सम्पर्क।

स्राव (योनिबाट चिल्लो पदार्थ बग्नु)

सबै महिलाहरूमा योनि स्राव र तरल पदार्थ आउँछ जसले योनिमुख र योनीलाई ओसिलो र स्वस्थ राख्छ। तर कहिलेकाहीँ यो स्राव संक्रमणका कारण हुन सक्।

संक्रमण

योनिमुख र योनिलाई असर गर्न सक्ने विभिन्न संक्रमणहरू छन्, उदाहरणका लागि, थ्रश। थ्रश, क्यान्डिडाको कारणले गर्दा हुने एक सामान्य संक्रमण हो जसले लगभग ७५% महिलाहरूलाई उनीहरूको जीवनकालमा कम्तिमा एक पटक असर गर्छ।

योनि संक्रमणले निम्न लक्षणहरू निम्त्याउन सक्छ:

  • योनिमुख वरिपरि पोल्ने वा चिलाउने
  • दुर्गन्धित वा सामान्य भन्दा फरक रंगको योनि स्राव आउने
  • पिसाब फेर्दा डसे जस्तो महसुस हुने
  • योनिमुख र योनि सुन्निने वा रातो हुने
  • योनिमुखको छाला चिरीने
  • पीडादायी यौन सम्पर्क।

एलर्जी र छालाका अवस्थाहरू

केही सामग्रीहरूले एलर्जी गराउन सक्छन् जसले गर्दा योनिमुख चिलाउन र रातो हुन सक्छ। उदाहरणका लागि, ट्याम्पन, साबुन, टाइट सिंथेटिक प्यान्ट (लाइक्रा) र क्लोरीन (स्विमिङ पूलबाट)। अन्य छालाका अवस्थाहरू पनि छन् जसले योनिमुखलाई असर गर्न सक्छ।

बुढ्यौलीपन

रजोनिवृत्ति हुने समय तिर, तपाईंको योनिमुख र योनिको छाला पातलो हुन सक्छ, जसले गर्दा यौन सम्पर्क राख्दा सुख्खापन, चिडचिडाहट र पिडा हुन सक्छ।

योनिमुख र योनिको दुखाइ

विभिन्न चीजहरूको कारण योनिमुख र योनिमा दुखाइ हुन सक्छ। उदाहरणका लागि, संक्रमण, छालाको अवस्थाहरु, पेल्भिक फ्लोरको मांसपेशीमा कसिलोपन हुने, स्नायुमा क्षति र शल्यक्रिया वा बच्चा जन्माउँदा तन्तुको क्षति।

आफ्नो डाक्टरलाई कहिले भेट्ने

यदि तपाईं योनिमुखको चिडचिडाहट, स्राव वा दुखाइको बारेमा चिन्तित हुनुहुन्छ भने आफ्नो डाक्टरलाई भेट्नु महत्त्वपूर्ण हुन्छ।

तपाईंको डाक्टरले समस्या के कारणले भइरहेको छ भनी पत्ता लगाउन परीक्षण, स्वाब वा अन्य जाँचहरू गर्न सक्नुहुन्छ। कारणहरुको आधारमा, उनीहरूले तपाईंलाई मलम, क्रीम वा चक्कीहरू दिन सक्छन्। उनीहरूले यस भागलाई हेरचाह गर्नेबारे सल्लाह पनि दिन सक्छन्। केही अवस्थामा, उनीहरूले तपाईंलाई एक विशेषज्ञसँग पठाउन पनि सक्छन्।

तपाईंले जीन हेल्सको पुस्तिका ‘द भल्भा’ (जुन अङ्ग्रेजीमा मात्र उपलब्ध छ) पढेर आफ्नो योनिमुखको हेरचाह गर्नेबारे थप जान्न सक्नुहुन्छ।

थप जानकारी, स्रोतहरू र सन्दर्भहरूका लागि Jean Hailes vulva and vagina information मा जानुहोस्।