Search Jean Hailes
-

Abortion (Nepali) – गर्भपतन

Print / PDF

गर्भपतन गर्नु भनेको तपाईंले आफ्नो गर्भावस्थाको अन्त्य गर्न रोज्नु हो। अनियोजित गर्भधारण सबै उमेर र पृष्ठभूमिका महिलाहरूमा हुन्छ। अष्ट्रेलियामा लगभग आधा जति गर्भधारण अनियोजित हुन्छन्।

गर्भपतन भनेको के हो?

गर्भपतन एक चिकित्सा प्रक्रिया हो जसले गर्भावस्थाको अन्त्य गर्छ। यसलाई ‘टर्मिनेशन’ वा ‘गर्भ फाल्नु’ पनि भनिन्छ।
यो अनुमान गरिएको छ कि अनियोजित गर्भावस्थाको एक तिहाई भाग गर्भपतनद्वारा अन्त्य हुन्छ।

के अष्ट्रेलियामा गर्भपतन वैधानिक छ?

अष्ट्रेलियामा गर्भपतन वैधानिक मानिन्छ यदि त्यो एक दर्तावाला चिकित्सा पेशेवरद्वारा गरिन्छ भने। तर मानिसहरूले कसरी र कहिले गर्भपतन गराउन सक्छन् भन्नेबारे राज्य र टेरीटोरीहरुमा भिन्न-भिन्न गर्भपतन सम्बन्धी कानूनहरू हुन्छन्।

गर्भपतन गर्नुका कारणहरु

गर्भपतन एक व्यक्तिगत रोजाई हो। यो एउटा गाह्रो निर्णय लिनुपर्ने हुन सक्छ। तपाईंले गर्भपतन गर्न रोज्नुका धेरै कारणहरू हुन सक्छन्। उदाहरणका लागि, यदि तपाईं तयार भएको महसुस गर्नुहुन्न वा बच्चा जन्माउन चाहनुहुन्न भने।

कारण जे सुकै भए पनि, यदि तपाईं आफ्नो गर्भावस्थाको अन्त्य गर्न चाहनुहुन्छ भने, यो तपाईंको रोजाई हो।

गर्भपतनका प्रकारहरु

दुई प्रकारका गर्भपतनहरू हुन्छन्: मेडिकल गर्भपतन र सर्जिकल गर्भपतन। दुवै सुरक्षित र प्रभावकारी छन्।

मेडिकल गर्भपतन

मेडिकल गर्भपतन भनेको तपाईंले गर्भपात गराउनको लागि तोकिएको औषधी सेवन गर्नु हो। यो गर्भावस्थाको सुरुको ९ हप्तामा गर्न सकिन्छ, त्यसैले गर्भावस्थाको प्रारम्भिक चरणमै डाक्टरलाई भेट्नु महत्त्वपूर्ण हुन्छ।

यदि तपाईंले मेडिकल गर्भपतन गर्नुभयो भने, तपाईंले रक्तस्राव भएको र बाउंडिएको अनुभव गर्नुहुनेछ। यी लक्षणहरू सामान्यतया २४ देखि ४८ घण्टा भित्र कम हुन्छन्, तर हल्का रक्तस्राव २ हप्तासम्म जारी रहन सक्छ। अधिकांश अवस्थामा मेडिकल गर्भपतन सफल छ। यदि यो असफल भयो भने, तपाईंले सर्जिकल गर्भपतन गर्न आवश्यक पर्छ।

सर्जिकल गर्भपतन

सर्जिकल गर्भपतन सामान्यतया छाला मर्ने औषधीको प्रयोग गरेर एक दिनमा गरिन्छ। तपाईंको डाक्टरले तपाईंको योनि हुँदै पाठेघरमा एउटा सानो ट्यूब घुसाउनेछन्। खिचेर तपाईंको पाठेघरबाट एउटा तह र गर्भ हटाउँछन्।

यदि तपाईंले सर्जिकल गर्भपतन गराउनुभयो भने, तपाईंलाई गर्भपातनको बेलामा हल्कादेखि कडा पीडा महसुस हुन सक्छ र २ हप्तासम्म हल्का रक्तस्राव हुन सक्छ।
तपाईं दुवै प्रकारका गर्भपतनका लागि दुखाइ कम गर्ने औषधी लिन सक्नुहुन्छ।

सर्जिकल गर्भपतन ९९% भन्दा बढी अवस्थाहरुमा सफल छ।

गर्भपतन पछि तपाईंले के गर्नु हुदैन?

गर्भपतन पछि १ वा २ हप्तासम्म तपाईंले निम्न कुरा गर्नु हुँदैन:

  • भारी उठाउन, शारीरिक काम र कठिन गतिविधिहरू
  • यौनसम्पर्क राख्न, ट्याम्पोन प्रयोग गर्न र आफ्नो योनिमा कुनै पनि कुरा घुसाउन
  • नुहाउन र पौडी खेल्न।

तपाईंले गर्भपतन कहाँ गराउन सक्नुहुन्छ?

गर्भपतनहरू निजी गर्भपतन क्लिनिकहरू र केही सार्वजनिक अस्पतालहरूमा उपलब्ध छन्। मेडिकल गर्भपतन केही जी पी क्लिनिकहरूमा र यदि तपाईं व्यक्तिगत रूपमा क्लिनिकमा जान सक्नुहुन्न भने टेलिहेल्थ मार्फत पनि उपलब्ध छन्।

गर्भपतन गराउन कति पैसा लाग्छ?

गर्भपातनको खर्च धेरै कारकहरूमा निर्भर गर्दछ। उदाहरणका लागि, गर्भपतनको प्रकार, तपाईंले गर्भपतन गराएको ठाउँ र यदि तपाईंको निजी स्वास्थ्य बीमा छ भने।

यदि तपाईं मेडिकेयरको लागि योग्य हुनुहुन्छ भने, तपाईंले सरकारबाट केही रकम फिर्ता पाउन सक्नुहुन्छ।

केही क्लिनिक र सार्वजनिक अस्पतालहरूमा कम शुल्क लग्न सक्छ वा यदि तपाईं योग्य हुनुहुन्छ भने त्यहाँ कुनै पनि शुल्क नलाग्न सक्छ। तपाईंको डाक्टरले तपाईंलाई थप जानकारी दिन सक्छन्।

के तपाईंलाई डाक्टरको सिफारिस चाहिन्छ?

चाहिँदैन, गर्भपतन गराउन समय लिनको लागि तपाईंलाई आफ्नो डाक्टरबाट सिफारिस आवश्यक पर्दैन।

परामर्श र सहायता

तपाईंलाई गर्भपतन अघि वा पछि सहायता चाहिन सक्छ। तपाईंले विश्वास गर्ने कसैसँग कुरा गर्न सक्नुहुन्छ, जस्तै साथीभाई वा परिवारका सदस्य, वा सल्लाहकारबाट व्यावसायिक सहयोग लिन सक्नुहुन्छ।

थप जानकारी

तपाईंले आफ्नो डाक्टर, परिवार नियोजन वा यौन स्वास्थ्य संगठन, स्थानीय महिला स्वास्थ्य केन्द्र वा एबोरिजिनल र टोरेस स्ट्रेट आइल्याण्डर मेडिकल सर्भिसबाट गर्भपतनको बारेमा थप जानकारी प्राप्त गर्न सक्नुहुन्छ।

तपाईंले निम्न प्रतिष्ठित संस्थाहरूलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ:

  • MSI अष्ट्रेलिया (पहिला मारी स्टोप्स अष्ट्रेलिया भनेर चिनिने)
  • 1800MyOptions (भिक्टोरिया)
  • Children by Choice (क्वीन्सल्याण्ड)
  • Pregnancy Choices Helpline (न्यू साउथ वेल्स)
  • Pregnancy Advisory Centre (दक्षिण अष्ट्रेलिया)
  • तास्मानियाली सरकार स्वास्थ्य विभाग (तास्मानिया)

थप जानकारी, स्रोत र सन्दर्भहरूका लागि, Jean Hailes abortion information मा जानुहोस्।